३० भदौ २०८३, मंगलबार | September 15, 2026

सदनमा प्रधानमन्त्री बालेन्द्र उपस्थित, प्रश्न सोध्न दलहरूलाई दुई मिनेटको समय



काठमाडौं। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले हात उठाएर बोल्न सांसदहरूले उठाएका विषयमा जवाफ दिन इच्छा व्यक्त गरेका छन्।

बैठक सुरु हुनासाथ प्रधानमन्त्री शाहले बोल्नका लागि हात उठाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनलाई रोस्ट्रम प्रयोग गर्न अनुमति दिएका थिए। रोस्ट्रममा पुगेपछि प्रधानमन्त्री शाहले सांसदहरूका प्रश्न र जिज्ञासाको उत्तर दिन तयार रहेको बताएका थिए।

प्रधानमन्त्रीको उक्त प्रस्तावपछि सभामुख अर्यालले प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरूलाई प्रश्न राख्न समय निर्धारण गरेका छन्। सभामुखले दलहरूको तर्फबाट एक–एक जना प्रतिनिधिलाई अधिकतम दुई मिनेटभित्र प्रश्न सोध्न आग्रह गरेका हुन्।

तर सभामुखको उक्त निर्णयप्रति प्रतिपक्षी दलहरूले भने असन्तुष्टि जनाएका छन्। उनीहरूले प्रतिनिधिसभाको नियमावली विपरीत प्रक्रिया अपनाइएको भन्दै आपत्ति जनाएका छन्। दलहरूको भनाइमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने व्यवस्था निर्धारित प्रक्रिया र कार्यसूचीअनुसार हुनुपर्नेमा त्यसको पालना नभएको दाबी गरिएको छ।

यस विषयमा सदनभित्र थप छलफल जारी रहेको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १ : ४४ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा