काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच अहिले राष्ट्रिय एकता टड्कारो आवश्यकता भएको बताएका छन्। नेपाल संवत् ११४६ को शुभ अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।…