काठमाडौं । कोशीका प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसँगै त्यहाँको राजनीति थप पेचिलो बन्दै गएको छ । गएराति प्रदेशप्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका थिए । त्यसलगत्तै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा हिम्मत कार्कीले नयाँ सरकार गठनको दाबी पेश गर्ने तयारी गरेका छन्…