२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

‘देउवा–ओली गठबन्धनविरुद्ध माओवादी एक हुन्छ’



काठमाडौं । विप्लव नेतृत्व नेकपा नेताहरुले ठूलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र सहित  काँग्रेस–एमालेको गठबन्धन भएको भन्दै त्यस विरुद्ध सबै माओवादीले एकभएर मुकाबला गर्ने उद्घोष गरेका छन् । संविधान संशोधन गरेर समानुपातिक र समावेसीलगायतका उपलब्धि उल्टाउन खोजिएको नेताहरुको निश्कर्ष छ ।

मंगलबार राजधानीको संवाद डबलीमा ‘सहिद निरकुमार राईको छैटौं स्मृति दिवस’ कार्यक्रममा बोल्दै नेकपाका पोलिटब्यूरो सदस्य माईला लामाले निरकुमार राई जस्तैः हजारौंको बलिदानबाट आएको परिवर्तनलाई संस्थागत गर्नुको सट्टा त्यसलाई उल्ट्याउने चलखेल सुरु भएको आरोप लगाए । उनले नेकपा (माओवादी केन्द्र) तिर इङ्गित गर्दै माओवादीको एक हिस्सा संसदीय राजनीतिमा रमाएको आरोप लगाउँदै आफूहरु क्रान्तिलाई निरन्तरताका लागि अगाडी बढेको दाबी गरे । “जनताले चाहेको र सहिदले देखेको सपनालाई बीच बाटोमै अलपत्र छाड्न सकिएन र एकीकृत जनक्रान्तिको रोडम्याप बनाएर लड्यौं, अब यसलाई थप मजबुद बनाएर लड्ने हो ।” उनले भने ।

लामाले दलाल पूँजीवादी व्यवस्थाको कारण हजारौं यूवाहरु पलायन हुनबाध्य भएको र देशलाई थप कमजोर बनाउन देउबा–ओलीको गठबन्धन भएको बताए । “अहिले क्रान्तिकारी कमजोर भएको अवस्थामा प्रतिगामी शक्तिहरुले २०४७ तिर फार्काउने कुचेस्टा गरिरहेका छन् सबै माओवादी एक बनेर लडौं ।”

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले देशलाई अस्थिरताको गोलचक्करमा फसाएर देशलाई असफल र कंगाल बनउने मुख्य दोषी संसदीय व्यवस्था भएको र त्यसको विकल्प खोज्नु पर्ने धारणा राखे । क्रान्तिबाट आएको माओवादी शक्ति पनि संसदीय भाषमा फसेको कराण उपलब्धिको रक्षा नभएको उनले जिकिर गरे । “यो व्यवस्थामा प्रचण्ड, केपी या देउबा जो आएपनि सबै दूध चोर बिराला जस्तै हुन्, त्यसैले अब यो व्यवस्थाको व्यवस्थाको विकल्प खोजौं ।”

भण्डारीले काँग्रेस–एमालेको संविधान संशोधनको मुद्धाले माओवादी र उत्पीडित जनतालाई झस्काएको बताए ।

राजनीतिक विश्लेशक नरेन्द्रजंग पीटर, सहिद निरकुमारकी जीवन संगिनी इन्द्रकला राई, घाइते योद्धा सुरेन्द्र महर्जन, सहिद निरन्तरकी जीवन संगिनी पूर्णिमा, सहिद प्रज्वल शाहीकी बहिनी मनिषालगायतको उपस्थिति रहेको थियो ।

नेकपाका तत्कालिन भोजपुर जिल्ला इन्चार्ज निरकुमार राइको २०७६ असार ६ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार रहेका बेला हत्या गरिएको थियो ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ४ : ३४ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न