सप्तरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानी आवश्यक रहेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले औद्योगिकरणका लागि लगानी जुटाउन राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताए । उनले भने“नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना छ । यी क्षेत्रमा थप लगानी गरी…