काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ । बिहीबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन थालेकाले सबै सचेत हुनुपर्ने…