७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाबुरामले भने, ‘प्रधानमन्त्री चीन भ्रमणमा सतही आतिथ्य सत्कार र तिर्थाटनमा सीमित’



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा सतही अतिथि सत्कारमा रमाएको आरोप लगाएका छन् ।

नेपाल यतिवेळा आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको बेला प्रधानमन्त्रीको चीन भ्रमण आसेपासेको प्रशंशामा रमाएर बसेको आरोप पनि लगाएका छन । उनका अनुसार प्रधानमन्त्रीले तिर्थाटन जान छाडेर देश बिकासका लागि सोच्नु पर्दथ्यो ।

‘प्रमको चीन भ्रमण आफैले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिए पनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हो,’ पुर्ब प्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन्, ‘नेपाल यतिवेळा आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो वेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको  प्रशंसामा रमाएर बस्ने ?’

नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिंणका दुइ ठूला छिमेकीसंग छुट्टाछुट्टै रूपमा आफनो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिंदै आइरहेको उनको भनाई छ । ‘अहिले २१ औं शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला हामीले उसंगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने हो, त्यसनिम्ति उसले अघि सारेको बिआर्आइ र जिडिआइलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रमको भ्रमण केन्द्रित हुनुपर्थ्यो,’ उनले भनेका छन, ‘कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुइ देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात र पारबहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो, तीर्थाटन त हुॅदै गर्थ्यो  ।’

सबैले लेखेर राखौं भन्दै उनले भनेका छन, ‘सयौं बर्षदेखि अविकास र अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण  (दुइ अंकको आर्थिक वृद्धिदर–दुइ दशक निरन्तर) को लक्ष्य दुइ ठूला छिमेकी अर्थतन्त्रको मूल्य शृंखलासंग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन, इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु ।’

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ९ : २३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज