काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद यादवले सो प्रकरण राष्ट्रद्रोहको मुद्धा भएकाले गम्भिर रुपमा छानबिन गर्नुपर्ने बताएका हुन । ‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई एउटा अपराधको रुपमा मात्रै लिनु हुन्न, यो राष्ट्रद्रोह पनि हो,’ यादवले भने, ‘यस्तो…