७ आश्विन २०८३, बुधबार | September 23, 2026

जब्दीघाटको भाँच्चिएको पुलमुनी सांसदको आमरण अनशन



बर्दिया । उदघाटन नहुँदै भांच्चिएको बर्दियाको जब्दीघाटको पुलमुनी सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतमले आमरण अनशन थालेका छन् । विकास निर्माणका विभिन्न १५ बुँदे माग राख्दै बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले आमरण अनशनमा थालेका हुन् ।

विभिन्न १५ बुँदे मागहरूको सूचि अनसनस्थलमा राख्दै उनले जब्दीघाटको भाँच्चिएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन बसेका छन् । १५ बुँदे मागको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने माग रहेको छ ।

नेपालमै बदनाम कमाएको पप्पु कन्स्ट्रक्सनले बनाएको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल उदघाटन नहुँदै २०७४ साउन अन्तिम साता भत्किएको थियो ।

सांसद गौतमले जिल्ला सदरमुकाम डुबान र कटानको जोखिमबाट बचाउन तटबन्धनका काम गर्नुपर्ने, सिँचाइ आयोजनाहरुमा बजेट सुनिश्चित हुनुपर्ने लगायतका माग पनि राखेका छन् ।

अनशन बस्नु अघि साँसद गौतमले बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ०३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज