काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नजाने भएपछि दोहा, कतारमा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन अनुमति दिएको श्रेष्ठको सचिवालयले जनाएको छ। सचिवालयका एक प्रतिनिधिका अनुसार १९ फागुनमा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल दोहा…