७ पुस २०८२, सोमबार | December 22, 2025

मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखिएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बुधबारका लागि बोलाएको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो । प्रदेश सरकारको आग्रहअनुसार बिहीबार दिउँसो १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो । रावल गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक महिनाभित्र विश्वासको…