७ पुस २०८२, सोमबार | December 22, 2025

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । प्रमुख सत्तासाझेदार नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक सुरू भएको हो । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि बसिरहेको बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारसहित राजनीति तथा समसामयिक विषयमा छलफल हुनेछ । भावी राष्ट्रपतिसहितका विषयमा संयन्त्रको बैठक बिहीबार अपरान्ह ३ बजेका लागि डाकिएको छ ।…