काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार संचालनका लागि गठन गरिएको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गरेको हो । पार्टी सभापति रवि लामिछानेलाई गैरसांसदको रुपमा गृहमन्त्रालयको नेतृत्व नदिए सरकारबाटै बाहिरिने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएको रास्वापले गृहमन्त्रालयका…