बाँके । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन् । कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे । 'बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनुपर्छ, पारदर्शी हुनुपर्छ,' उनले भने, 'त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो…