बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ लैजाने निर्णय सच्याइने बताएका छन् । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाँणले आगामी प्रदेशसभाबाट राजधानी सार्ने निर्णय सच्याइने बताएका हुन् । उनले जबरजस्ती राजधानी सार्न खोजिए बाटोबाटै फिर्ता ल्याउने बताए । रुपन्देहीको बुटवलबाट दाङ राजधानी लैजाँदा सरकारको खरबौं लगानी लाग्ने बताउँदै उनले उक्त…