भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्दा त्यहाँ बसोबास गर्दै आएका परिवारहरु घरबारबिहीन हुनु नपर्ने बताएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले मंगलबार जिल्लाको फर्साटिकरमा आयोजित चुनावी सभामा बोल्दै औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर स्मार्ट निर्माण गरिने र अहिले बसोबास भएकालाई…