६ श्रावण २०८३, बुधबार | July 23, 2026

अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता आज हुँदैछ ।