काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरुबीच भोलि बुधबार सिट बाँटफाँटको टुंगो लाग्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार बिहान धनगढी पुगेका अध्यक्ष प्रचण्डले भोलिसम्म सिट बाँटबाँटको टुंगो लाग्ने बताएका हुन् । प्रचण्डले सबै दलहरु लचकताका साथ प्रस्तुत हुने विश्वास व्यक्त गर्दै प्रचण्डले सबै विषयमा बुधबार शीर्ष नेताहरु…