३१ भदौ २०८३, बुधबार | September 16, 2026

काठमाडौं क्षेत्र नंं. ५ मा माओवादीबाट कल्पना शर्माको एकल सिफारिस



काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य कल्पना शर्मालाई काठमाडौं क्षेत्र नं. ५बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ ।

माओवादीको काठमाडौं जिल्ला समितिको हिजो सम्पन्न बैठकले शर्माको एकल उम्मेदवारी सिफारिस गरेको हो ।

क्षेत्र नं. ५ का लागि पार्टी इन्चार्ज समेत रहेकी केन्द्रीय सदस्य शर्मा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयरका प्रत्यासी थिइन । टोखा बुढानिलकण्ठ क्षेत्रमा निकै सक्रिय शर्मा बागमती प्रदेशको योजना आयोग सदस्यको रुपमा समेत काम गरिसकेकी छिन् ।

पार्टीप्रति समर्पित शर्मा स्थानीय जनताको दुःख सुखमा सहभागी हुँदै आएकी छिन् । माओवादीका नेता कार्यकर्ता समर्थकका लागि मात्र नभएर अन्य पार्टीसहित सबै जनताको काम गर्न अघि सर्ने शर्मा कानून व्यवसायी समेत हुन् ।

आफुलाई सिफारिस गर्ने पार्टीप्रति आभार व्यक्त गर्दै शर्माले प्रतिनिधिसभा निर्वाचनमा सहज प्रतिस्पर्धा गर्ने बताइन ।

यस क्षेत्रमा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उठ्दैछन् । यसअघि प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत भने यसपटक यहाँबाट नउठ्ने भएका छन् ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ९ : ४४ बजे

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै