३ आश्विन २०८३, शनिबार | September 19, 2026

अमरेशकुमार सिंहमाथि अन्तर्घातको आरोपमा अनुशासनको कारबाही



सर्लाही । कांग्रेस नेता अमरेशकुमार सिंहमाथि अन्तर्घातको आरोपमा अनुशासनको कारबाही गरिएको छ । २०७४ सालको निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सिंहमाथि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेको हो ।

कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले गत २ असारमा सिंहलाई निलम्बन गरेको कांग्रेस मधेश प्रदेश कार्यसमिति/अनुशासन समितिलाई जानकारी गराएको छ । गत ४ असारमै जिल्ला अनुशसान समितिले प्रदेश समितिलाई पत्राचार गरे पनि सोमबार उक्त पत्र सार्वजनिक भएको छ ।

सिंहको निर्वाचन क्षेत्र सर्लाही–४ बाट आगामी निर्वाचनका लागि कांग्रेस महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरिएको छ ।

उपरोक्त सम्बन्धमा पार्टिको आधिकारीक उमेदवारहरुलाई स्थानीय तह निर्वाचनमा अन्तघातरअसहयोग गर्ने सर्लाही क्षेत्र नं। ४ बाट निर्वाचित सांसद माननीय अमरेश कमार सिंह लाई जिल्ला अनुशासन समितिले नेपाली काँग्रेसको विधान २०१७ ९संसोधन सहित० को धारा ३४ को उपधारा ४ को ख बमोजिम मिति २०७९/०३/०३ गते निलम्बन गरि निर्णयको प्रतिलिपि जानकारीको लागी पठाइएको छ,’ संयोजक जिल्ला अनुगमन समिति [जिल्ला उपसभापति] डा सरोेजकुमारले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ३ : ५१ बजे

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज