१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रदेश र संघीय चुनावमा गठबन्धनले स्थानीयतहको कमजोरीबाट शिक्षा लिन्छ : प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीयतह निर्वाचनमा गठबन्धन कमजोर भएको स्विकार गरेका छन् । लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्य र जिल्ला ईन्चार्जहरुको बैठकलाई सम्बोधन गर्न बुटवल पुगेका प्रचण्डले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै स्थानीय निर्वाचनमा गठबन्धन कमजोर भएको स्विकार गरेका हुन् । अध्यक्ष प्रचण्डले गठबन्धन प्रभावकारी नभएपनि देश दुर्घटनामा जानबाट गठबन्धनले बचाएको बताए ।…