२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

प्रदेश र संघीय चुनावमा गठबन्धनले स्थानीयतहको कमजोरीबाट शिक्षा लिन्छ : प्रचण्ड



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीयतह निर्वाचनमा गठबन्धन कमजोर भएको स्विकार गरेका छन् । लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्य र जिल्ला ईन्चार्जहरुको बैठकलाई सम्बोधन गर्न बुटवल पुगेका प्रचण्डले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै स्थानीय निर्वाचनमा गठबन्धन कमजोर भएको स्विकार गरेका हुन् ।

अध्यक्ष प्रचण्डले गठबन्धन प्रभावकारी नभएपनि देश दुर्घटनामा जानबाट गठबन्धनले बचाएको बताए । उनले देश ठुलो दुर्घटनामा जानै लागेका बेला गठबन्धन भएका कारण देश दुर्घटनाबाट बचाएको दाबी गरे । ‘गठबन्धन र तालमेल भन्या जस्तो नभएपनि गठबन्धन र गठबन्धन सरकारकै कारण स्थानीय तह निर्वाचन सफल बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र संबिधानसभा पछिको दोस्रो प्रक्रियामा प्रवेश गराएको छ ।’ उनले भने, ‘यो ठुलो सफलता मान्नु होला, देशलाई ठुलो दुर्घटनाबाट बचाउन गठबन्धनको भूमिका रह्यो ।’

प्रचण्डले स्थानीय तह निर्वाचनमा राम्रो हुन नसकेको तालमेलबाट शिक्षा लिएर प्रदेश र संघको निर्वाचन सफल बनाउने दाबी गरे । बैठकमा सहभागी हुन प्रचण्ड प्रधानमन्त्री देउवासँगै एउटै हेलिकप्टरमा बुटवल पुगेका थिए ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ४ : ५८ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री