८ असार २०८३, सोमबार | June 22, 2026

निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ : नेता पोखरेल



अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दावी गरेका छन् ।

प्रतिगमनबाट मुलुक जोगाउन बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछिको सरकारसम्मै जाने बताउँदै डा। पोखरेलले उक्त सरकारको नेतृत्व काङ्ग्रेसले नै गर्ने प्रष्टाए ।

ओली नेतृत्वको एकल बहुमतको कम्युनिष्ट सरकार पूर्णत असफल भएकोले देशको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियोे । प्रेस युनियन अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा‍ पोख्रेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा पोख्रेलले गठबन्धनभित्रको सिट बाँडफाँट १६ भदौसम्म टुंगो लाग्ने पनि बताए । नेता पोख्रेलले प्यूठानमा गठबन्धनबाट आफू साझा उम्मेदवारर बन्ने सम्भावनामाथि पनि सङ्केत गरे ।

डा। पोख्रेल जनताको साथमा काङ्ग्रेसअन्तर्गत अर्घाखाँचीको कार्यक्रम उद्घाटन गर्न सन्धिखर्कमा आएको काङ्ग्रेस अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  २ : ३२ बजे

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति

टिपर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका-४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य