२३ बैशाख २०८१, आइतबार | May 6, 2024

लुम्बिनी प्रदेश सरकारका प्रवक्ताले गरे बालेन शाहको खुलेर प्रशंसा, मन्त्रीलाई बालेनबाट प्रेरणा मिल्ने



बुटवल । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पछिल्लो समय चालेको कदम बारे राजनीतिकदलका शिर्श नेताहरु चुपचाप बसिरहेका बेला लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला(गृह) तथा कानुन मन्त्री तिलकराम शर्माले भने बालेन्द्र शाहको खुलेर समर्थन गरेका छन् । प्रदेश सरकारका गृहमन्त्री रहेका शर्माले बालेन्द्र शाहका कदमलाई दृढता र समर्पणपूर्ण कदम भन्दै समाजिक सञ्जालबाट प्रशंसा गरेका हुन् ।

मन्त्री शर्माले आफ्नो फेसबुक एकाण्टमा स्टेटस पोष्ट गर्दै बालेन्द्र शाहको दृढता र समर्पणपूर्ण भावले सफलता पाउन शुभकामना समेत दिएका छन् । ‘मियर बालेन्द्र साह तपाइको द्रिढता र समर्पणपूर्ण कार्यले निरन्तरता पावस जुनकुरा अरु धेरैलाई सिकाई र प्रेरणा बन्नेछ !!’ उनले लेखेका छन् । शर्मा प्रदेश सरकारका प्रवक्ता पनि हुन् ।

काठमाडौं महानगरमा नक्सा पास नभएका र उद्देश्य बिपरित प्रयोग भएका घरटहराहरु भत्काउन आफै अग्रसर देखिएका माहानगर प्रमुख शाहको सामाजिक सञ्जालहरुमा यो साता सर्वाधिक चर्चा भएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ४ : ४१ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa