काठमाडौं । आज पुस ५ अर्थात् तत्कालीन प्रधानमन्त्री केपी ओलीको साख ओरालो लागेको दिनको रूपमा नेपाली राजनीतिमा चित्रित छ । वाम एकताको अभियानसहित २०७४ को निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रले दुई तिहाइ नजिक बहुमत प्राप्त गरे । संसदमा दुई तिहाइ नजिक बहुमत प्राप्त दलका अध्यक्ष ओलीले मुलुकको बागडोर सम्हाले । पछि एमाले र माओवादीबीच पार्टी एकता…