६ बैशाख २०८१, बिहिबार | April 18, 2024

मधेश प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ : सीके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् ।

निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीबाट विजयी सदस्यहरूको संख्या र मधेशका जनताको माग पनि जनमत पार्टीको नेतृत्वको सरकार खोजिरहेको उनले बताए ।

उनले हालको सत्ता गठबन्धनलाई नै समर्थन रहने संकेत पनि गरे । तर, यसका लगि पार्टीले उठाउँदै आएका मागहरू पुरा गर्न सरकारले घनिभुत र ठोस रुपमा प्रतिबद्धता जनाउनु पर्ने बताए ।

अघिल्ला सरकारले गरेका जस्तो कागजमा मात्रै सिमिति प्रतिबद्धको पछि जनमत नलाग्ने उनले बताए । उनले भने, ‘जनताका जनजीविकाका सवालमा निर्वाचनअघि दलहरूले गरेका प्रतिबद्धता पुरा हुनुपर्छ । यस्तै,  किसानसँग गरेका वाचा प्रतिबद्धता पुरा भए अहिलेकै सत्ता गठबन्धनमा हाम्रो समर्थन रहन्छ ।’

उनले यो गठबन्धनबाहेक अरुसँग पनि छलफल भइरहेको र ती छलफललाई सकारात्मक रुपमा लिएको बताएका छन् । उनले अघिल्लो साता एमाले अध्यक्ष केपी ओलीसँग भएको भेट सरकार गठनसँग सम्बन्धित नभएर सामान्य शिष्टाचार भेट मात्रै भएको बताए ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ३ : २१ बजे

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

धनुषा । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको

भोलि मनकामना केबलकार बन्द हुने

चितवन । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच