पोखरा । गण्डकी प्रदेशमा एक पछि अर्को मन्त्रीलाई प्रदेश सरकारबाट बर्खास्त गर्न थालिएको छ । मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएको दुईसाता नपुग्दै प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेपछि उनलाई मुख्यमन्त्री…