काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी कात्तिकको अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने विषयमा छलफल अघि बढाएको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न मंगलबार बसेको शीर्ष नेताहरुको बैठकमा आगामी संसदीय निर्वाचनको मितिबारे छलफल भएको हो। नेताहरुले कात्तिकको २७ गते या मंसिर ४ गते निर्वाचन गर्ने विषयमा छलफल गरेका हुन् ।…