१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कात्तिक अन्तिम या मंसिरको पहिलो साता संसदीय निर्वाचन गर्नेबारे गठबन्धनमा छलफल



काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी कात्तिकको अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने विषयमा छलफल अघि बढाएको छ ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न मंगलबार बसेको शीर्ष नेताहरुको बैठकमा आगामी संसदीय निर्वाचनको मितिबारे छलफल भएको हो। नेताहरुले कात्तिकको २७ गते या मंसिर ४ गते निर्वाचन गर्ने विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा निर्वाचनलाई पछि सार्न उपयुक्त नहुने विषयमा नेताहरु सहमत देखिएका थिए । निर्वाचनको घोषणा भने सरकारले निर्वाचन आयोगसँग छलफल गरेपछि मात्र हुनेछ । निर्वाचन गर्नका लागि आयोग पूर्ण रुपमा तयार रहनुपर्छ ।

पाँचवर्ष अघि २०७४ साल मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो । सो निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली माओवादी केन्द्रको समर्थनमा सोही सालको फागुन ३ गते प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ४ : ५३ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार