२५ भदौ २०८३, बिहिबार | September 10, 2026

कात्तिक अन्तिम या मंसिरको पहिलो साता संसदीय निर्वाचन गर्नेबारे गठबन्धनमा छलफल



काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी कात्तिकको अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने विषयमा छलफल अघि बढाएको छ ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न मंगलबार बसेको शीर्ष नेताहरुको बैठकमा आगामी संसदीय निर्वाचनको मितिबारे छलफल भएको हो। नेताहरुले कात्तिकको २७ गते या मंसिर ४ गते निर्वाचन गर्ने विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा निर्वाचनलाई पछि सार्न उपयुक्त नहुने विषयमा नेताहरु सहमत देखिएका थिए । निर्वाचनको घोषणा भने सरकारले निर्वाचन आयोगसँग छलफल गरेपछि मात्र हुनेछ । निर्वाचन गर्नका लागि आयोग पूर्ण रुपमा तयार रहनुपर्छ ।

पाँचवर्ष अघि २०७४ साल मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो । सो निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली माओवादी केन्द्रको समर्थनमा सोही सालको फागुन ३ गते प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ४ : ५३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी