२९ असार २०८३, सोमबार | July 13, 2026

माओवादीबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ ।

काठमाडौंको कमलपोखरीस्थित कुमारी हलमा माओवादी केन्द्रले नयाँ जनप्रतिनिधिका लागि प्रशिक्षण भेला गरिरहेको छ ।

आज बिहान ११ बजेपछि सुरु भएको प्रशिक्षणमा अहिले पार्टीका नेताहरूले प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षण भेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, दीनानाथ शर्मा, लीलामणि पोखरेललगायतका शीर्ष नेता उपस्थित छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएर आएका जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिन लागेको हो ।

पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले नननिर्वाचित जनप्रतिनिधिलाई मुख्य प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यस्तै विभिन्न विषयगत विधामा माओवादी निकट विज्ञहरुले समेत प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रशिक्षण भोलिसम्म रहनेछ ।

यसपटकको निर्वाचनमा माओवादीले एक सय २१ स्थानीय तहमा प्रमुख जितेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १ : ०८ बजे

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै

बागलुङको ढोरपाटन सलामकोटमा पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

ढोरपाटन । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

लमजुङ । अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका