१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

माओवादीबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ ।

काठमाडौंको कमलपोखरीस्थित कुमारी हलमा माओवादी केन्द्रले नयाँ जनप्रतिनिधिका लागि प्रशिक्षण भेला गरिरहेको छ ।

आज बिहान ११ बजेपछि सुरु भएको प्रशिक्षणमा अहिले पार्टीका नेताहरूले प्रशिक्षण दिइरहेका छन् ।

प्रशिक्षण भेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, दीनानाथ शर्मा, लीलामणि पोखरेललगायतका शीर्ष नेता उपस्थित छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएर आएका जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिन लागेको हो ।

पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले नननिर्वाचित जनप्रतिनिधिलाई मुख्य प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यस्तै विभिन्न विषयगत विधामा माओवादी निकट विज्ञहरुले समेत प्रशिक्षण दिने कार्यक्रम रहेको छ । प्रशिक्षण भोलिसम्म रहनेछ ।

यसपटकको निर्वाचनमा माओवादीले एक सय २१ स्थानीय तहमा प्रमुख जितेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १ : ०८ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७