चितवन । भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहालको जित सुनिश्चित जस्तै बनेको छ । २८ हजार १९५ मत गणना हुन बाँकी छँदा पाँच दलीय गठबन्धनबाट मेयर पदमा उम्मेदवार भएकी माओवादी केन्द्रकी दाहालले ३९ हजार ४१६ मत प्राप्त गरेकी छन् । दाहाललाई पछ्याईरहेका नेकपा एमालेका विजय सुवेदीले ३० हजार ६६० मत प्राप्त गरेका छन् ।…