११ बैशाख २०८१, मंगलबार | April 23, 2024

ज्योतीनगरको पहिरो र बुटवलको सडक पहिलो प्राथमिकता : नगर प्रमुख पाण्डे



बुटवल । बुटवल उपमहानगरपालिकामा विजयी भएका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई निर्वाचन परिणाम घोषणा भएको अर्को दिन निर्वाचन आयोगले प्रमाणपत्र वितरण गरेको छ । कतिपय पालिकाहरुमा परिणाम घोषणा भए लगत्तै प्रमाणपत्र वितरण गरेपनि बुटवलमा भने अर्को दिन प्रमाण पत्र वितरण गरेको हो ।

नवनिर्वाचित उपमहानगर प्रमुख खेलराज पाण्डे, उपमेयर सावित्रा अर्याल लगायत वडा अध्यक्ष र सदस्यहरुलाई उपमहानगर निर्माचन अधिकृत कार्यालयका मुख्य निर्वाचन अधिकृत लेखनाथ पौडेलले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा खबरकुरासंग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित मेयर पाण्डेले पदबहाली भएकै दिनबाट प्रतिबद्धता पत्रमा उल्लेख गरेका कार्यहरु पुरा गर्न लाग्ने बताए । उनले बुटवलको राजमार्गमा पर्ने मुख्य सडक, ज्योती नगरको पहिरो र खानेपानीको समस्या पहिलो प्राथमिकतामा पर्ने बताए ।

उपमेयर अर्यालले फरकढंगको नतिजा आएका कारण समन्वय गरेर काम गर्न आफुले प्रयत्न गर्ने बताइन् । उनले ज्योतीनगरको पहिरो, सुकुम्बासी समस्या, करिडोर लगायतका विषय आफ्नो प्रथमिकतामा पर्ने बताईन् ।

आयोगको तर्फबाट मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचित सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ११ बजे

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका