८ पुस २०८२, मंगलबार | December 23, 2025

उच्च अदालतका २७ न्यायाधीश नियुक्ति सिफारिस संविधानको मर्म विपरीत : नेपाल बार

काठमाडौं । नेपाल बार एसोसिएसनले उच्च अदालतमा न्यायपरिषद्ले सिफारिस गरेका २७ न्यायाधीशको नियुक्तिमाथि गम्भीर आपत्ति जनाएको छ। बारका महासचिव केदारप्रसाद कोइरालाले शुक्रबार विज्ञप्ति जारी गर्दै सिफारिस गरिएको सूचीले नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी सिद्धान्तको मर्म र भावना विपरीत कार्य गरेको आरोप लगाएका छन्। न्याय परिषद्ले बिहीबार उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस…