चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले सङ्कल्प–पत्र सार्वजनिक गरेको छ । चितवनमा आज आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले सङ्कल्प–पत्र जारी गरेका हुन् । सङ्कल्प–पत्रमा दुई सन्तानसम्म जन्म दिने सुत्केरी आमालाई बच्चा र आमाको पोषणको लागि ६ महिनासम्म मासिक ५ हजार भत्ता दिइने सहितका कार्यक्रम समावेश गरिएको छ…