काठमाडौ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेकाले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ । विदेशमा रहेका नेपालीहरूले अव विदेशस्थित आइएमई रेमिटेन्स पार्टनर मार्फत सजिलै यो सुविधा लिन सक्नेछन्। यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिटेन्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो रेमिटेन्स कम्पनी बनेको…