काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । जमलस्थित चेम्बर भवनमा आज भएको ७३ औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हो । अध्यक्ष अग्रवालसहित चेम्बरको कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा चयन भएका छन् । त्यसैगरी, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला…