३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद



नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद गरेको छ । गोप्य सूचनाका आधारमा नेपालगन्ज बसपार्कमा खटिएको प्रहरीले मोटरसाइकलमा रहेका शंकास्पद व्यक्तिको पिछा गर्दै जाने क्रममा करिव ८ लाख मूल्यको चार सय पिस स्क्रीन टच मोबाइल डिस्प्ले बरामद गरेको हो ।

नेपालगन्जको बसपार्क क्षेत्रबाट ४ सय पीस स्क्रीन टच मोबाइल डिस्प्ले बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । प्रहरीले पिछा गरेपछि थाहा पाएपछि मोटरसाइकलमा रहेका व्यक्तिहरुले सामान राखेको बोरा फालेर भागेको प्रहरी लेजनाएको छ ।

सामान कसको हो भन्ने खुलाउन नसकेको प्रहरीले बरामद सामान भारतबाट भन्सार छलेर ल्याएको निष्कर्ष निकालेको छ । प्रहरीका अनुसार बरामद सामान नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ८ : ३४ बजे

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन

वीरगञ्ज । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको

नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठकले