१७ असार २०८३, बुधबार | July 1, 2026

धुम्म मौसमले पर्यटनमा असर



पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ । वायु प्रदूषणले आकाश धुम्मिएको छ । नजिकैका डाँडाकाँडा पनि तुँवालोले ढाकिएका छन् । हवाई उडान नियमित नहुँदा पर्यटक आगमन रोकिएको छ । लम्बिँदो सुक्खा यामका कारण डढेलो अनियन्त्रित रुपमा फैलिएको छ । पर्यटकले घुम्न रुचाउने याम यसै उराठलाग्दो बनेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी जुली पुनले गत १० गतेयता घोरेपानी–पुनहिल क्षेत्रमा पर्यटकीय गतिविधि सुस्ताएको बताइन् । “पदयात्राको याममा मौसम प्रतिकुल छ, हिमाल खुलेको छैन”, उनले भनिन्, “चार÷पाँच दिनदेखि पोखराको हवाई सेवा प्रभावित हुँदा विदेशी पर्यटक पनि आउन पाएनन् ।” नयाँ वर्षमा पर्यटकीय चहलपहल बढेकामा त्यसयता विस्तारै पर्यटकको आउजाउ घट्दै गएको पुनले बताइन् ।

उनका अनुसार स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक घोरेपानी र पुनहिल आउने गरेका छन् । तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिलबाट विश्वका १० अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धौलागिरि, मनास्लुलगायत दर्जनौँ हिमाल एकसाथ देख्न सकिने पुनले बताइन् । “असोजदेखि मङ्सिरसम्म र चैत–वैशाखको गुराँस फुल्ने याममा यहाँ धेरै पर्यटक आउँछन्”, पुनले भनिन् ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले वातावरणीय प्रदूषणको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि परेको बताए । “पर्यटक घुम्न र ठाउँ हेर्न आउने हो अहिले मौसम खुलेको छैन, हवाई उडान पनि प्रभावित बनेको छ, सडक मार्ग पनि उस्तै छ”, उनले भने, “एक सातायता पोखरामा पर्यटकको आगमन ह्वात्तै घटेको छ ।”

बढ्दो वायु प्रदुषणले जनस्वास्थ्यसँगै अन्य मानवीय गतिविधिमा पनि असर पु¥याइरहको अध्यक्ष अधिकारीले बताए । चैत–वैशाखको याममा पदयात्रा गर्न विदेशी पर्यटक बढी आउने गरेकामा मौसमले चुनौती थपेको उनको भनाइ छ । प्रतिकूल मौसमकै कारण कतिपय पर्यटकले यात्रा रद्द गरेको पर्यटन व्यवसायी बताउँछन् । गत महिना बेमौसमी झरीले पदयात्रा पर्यटन प्रभावित भएकामा अहिले सुक्खा याम र तुवाँलोले पर्यटन क्षेत्र प्रभावित बनेको हो ।

दोस्रो मुख्य पर्यटकीय याममै पर्यटकीय राजधानीको मौसम कयौँ दिनसम्म धुम्म हुँदा पर्यटन व्यवसायी निराश बनेका छन् । उनीहरु मौसम खुल्ने प्रतीक्षामा छन् । गण्डकी प्रदेश वन निर्देशनालयका अनुसार गत सोमबारसम्ममा प्रदेशका चार सय ६७ स्थानमा डढेलो लागेको छ । डढेलोले प्रदेशका नौ जिल्लाको करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ ।

सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए । हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका १० वटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । वायुमण्डलमा प्रदुषण बढ्नुमा डढेलोलाई प्रमुख कारक मानिएको छ । डढेलोले पर्यावरणीय स्वच्छतामा नकारात्मक असर पु¥याइरहेको वन अधिकृत थापाले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : ५९ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)