बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा भोली सोमबारदेखि बुटवलमा सञ्चालन हुने दशैं सस्तो बजारको तयारी पुरा भएको छ । संघले प्रत्येक वर्ष घटस्थापना देखि पञ्चमीसम्म पाँच दिन दशैं सस्तो बजार सञ्चालन गर्दै आएको छ । सोही अनुसार यो वर्ष पनि भोली घटस्थापनादेखि १४ गते पञ्चमीसम्म दशैं सस्तो बजार सञ्चालन गर्न लागिएको हो ।…