२६ माघ २०८२, सोमबार | February 9, 2026

चितवनका उद्योगमा लोडसेडिङ सुरु, दैनिक १४ घन्टा लाइन काटिँदै

चितवन । चितवनका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ । केही दिनदेखि लोडसेडिङको मार खेप्न सुरु गरेका यहाँका उद्योगमा सोमबारदेखि १४ घन्टा लाइन काट्न सुरु गरिएको छ । अघोषित रूपमा १४ घन्टासम्म लोडसेडिङ सुरु भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले स्वीकार गरे । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने ती कर्मचारी बताउँछन्…