काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो। सीआईबीका अनुसार विभिन्न कसूरमा संलग्न रहेको प्रारम्भिक तथ्य फेला परेपछि गोल्छालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। सीआईबीले उनलाई पक्राउ गर्न नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनलाई समेत…