काठमाडौं । नेपाल र क्यानडाबीच भएको एक दिवसीय क्रिकेटमा नेपालले रोमाञ्चक जित हात पारेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले क्यानडालाई सात रनमा पराजित गरेको हो । नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाको सातौं र आठौं विकेट तीन बलको अन्तरमा पतन भएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । क्यानडाले ४७.५…