काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले शेफिल्डलाई ६-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्ड, गाब्रियल मार्टिनेली, काइ हाभेर्ट, डेकन राइस र बेन ह्वाइटले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल शेफिल्डका जयडेन बोगीले आत्मघाती गोल गरेका थिए…