बुटवल । बुटवलमा रहेको कालिका मानव ज्ञान माध्यामिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुस २ गतेबाट तेस्रो जिल्लास्तरीय कालिका रनिङशिल्ड प्रतियोगिता २०८० हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारि पूरा भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, रिले, तेक्वान्दो (छात्र/छात्रा) पाच विधामा ३२ स्वर्ण, ३२…