५ पुस २०८२, शनिबार | December 20, 2025

मकवानपुर गोल्डकप आजबाट, उद्घाटन खेलमा सिमरा र सर्लाही भिड्ने

हेटौंडा । स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ आजदेखि हेटौंडामा हुँदै छ । मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंंगशालामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए । यही जेठ ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।…