२९ बैशाख २०८१, शनिबार | May 12, 2024

गृहिणी देखि वृद्धसम्मको आर्कषणमा खुला ब्यायमशाला, पुर्वाधार र प्रशिक्षकको अभाव



बुटवल । ढाड दुख्ने समस्या भएकी रामनगरकी पुनम पुन बिहानै सबेरै मैदानमा पुग्छिन । घरको काम सकेर खुला ब्यायमशालामा उनी पसिना बगाँछिन । रामनगर खेलमैदानमा रहेको खुला जिममा उनी साथीहरुसंग एक घण्टा उफ्रने गर्छिन । मैदानमा बिहानै पुगेपनि धेरै भिड भएको बेलापालो पाउन कठिन हुने उनी बताउछिन् । बिहान मैदानमाआउने अरुको हेर्दै आफु पनि त्यहाँका उपकरणसंग पैठेजोरी खेल्ने उनको दिनचर्या जस्तै बनेको छ । राउण्डिङ चेयरमा ब्यायामगर्दा ढाडको समस्या कमभएको उनको अनुभव छ ।

बुटवल १० का खेम गुरुङ ज्यान बनाउन जिमहल जाँदा लाग्ने पैसा खुला ब्यायामशालाबाट बचेको बताउँछन । बिहानको स्वच्छ हावा, शरीर दिनभरि फ्रेस बनाउने र कामगर्न सहजबनाउने जस्ता फाईदा मिलेको उनले बताए । नियमित ब्यायम गर्ने लक्ष्मी ढकाल पनि दैनिक काममा उर्जा थपिएको बताउछिन । घर नजिक ब्यायमशालामा निशुल्क ब्यायम र दौड गर्दा दिमाख फ्रेस हुने र अनावश्यक तौल समेत घटाउन मद्दत मिलेको उनले भनिन् ।

रामनगर १० की सन्ध्या रामजाली मगर बिहान १ घण्टा खुला जिममा जान्छिन् । घरायसी काम सकेर उनी ६ बजेबाट एक घण्टा मैदानमा दौडिने र त्यहाँ भएका शारिरीक ब्यायमका उपकरणमा भिड्ने गर्छिन । ‘बिहानको एक घण्टाको ब्यायमले ज्यानलाई धेरै फाईदा मिलेको छ ।’– उनले भनिन् । खानापच्ने, शरीर हल्काहुने र दिनभरि नै फ्रेस हुने जस्ता फाईदा भएको उनले बताईन । घरधन्दामा रहने गृहिणीहरुलाई थोरै भएपनि ब्यायम गर्ने वातावरण खुला जिमले गराएको उनी बताउछिन् ।

दीपनगरका होम बहादुर मल्ल बिहान एक घण्टा आफु पनि ब्यायम गर्छन र आफुले जानेको ब्यायम अरुलाई पनि सिकाउछन् । खुला ब्यायमशालामा स्थानीय बासिन्दाहरु निशुल्क सेवा पाउँछन । व्यायामका कारण कतिपय दिर्घरागीहरुको पनि नियमित ब्यायमबाट रोग निको हुने गरेको उनको अनुभव छ । दैनिक बिहान साँझ एउटा खुला ब्यायमशालामा डेढसय जना सम्मलाई सेवादिने गरेको उनी बताउँछन । खुला जिमलाई सामान्य टिनको छाना राखेर घामपानी छेक्ने र भुई ढलानका कामगरि पुर्वाधार विकासमा स्थानीय सरकारले पहलगर्न आवश्यक रहेको उनको सुझाव छ । यही अवस्थामा वर्षा भएका बेला सेवा लिननमिल्ने उनले बताए । व्यायामशालाको सेवामात्र नभएर घामपानीले उपकरणहरुमा हिया लाग्ने र छिटो बिग्रने सम्भावना समेत उनी औंल्याउँछन् ।

मधुमेहको समस्या देखिएका दीपनगरका सुधनकुमार गौचन नियमित ब्यायम गर्छन । ९६ किलो तौल भएका उनी अहिले ७८ तौल बनाउन सफल हुनुकासाथै मधुमेह समेत नियन्त्रणमा आएको छ । सामान्य ब्यायमबाट हातखुट्टा, जोर्नी दुख्ने, मधुमेह, रक्तचाप जस्ता समस्या भएका बिरामीहरुलाई समेत फाईदा मिलेको उनी बताउँछन् । ब्यायमशालाको निमार्णसंगै अव ब्यवस्थापन र मर्मत संम्हारमा जोड दिनुपर्ने उनको सुझाव छ ।

शहरी क्षेत्रमा मानिसहरु आफनो कार्य ब्यस्तताका कारण सारीरिक परिश्रम गर्नेहरुको संख्या कम छ । यस्तोमा वडास्तरमा निमार्ण गरिएका खुलाजिम एउटा उत्तम बिकल्प भएको अन्तराष्ट्रिय फिटनेश खेलाडी तथा प्रशिक्षक बिजेन्द्र श्रेष्ठ बताउँछन । नेपाल सरकारबाट वडा स्तरमा खुलाब्यायमशाला राख्नु धेरै राम्रो भएको उनले बताए ।

मानिसहरु रोगहरुबाट ग्रसित छन् यस्तोमा ब्यायमबाट फाइदा मिल्ने उनले भने । ब्यायमका सामग्रीहरु जडान गरिएको भएपनि त्यसको उपयोग विधीबारे जानकारी दिने ब्यवस्था गरिनुपर्ने श्रेष्ठको भनाई छ । कुन ब्यायमबाट शरीरको कुनभागलाई प्रभावपर्छ र के फाईदा मिल्छ भन्ने ज्ञान बिना ब्यायम गरिँदा त्यसबाट नकारात्मक प्रभावपनि पर्न सक्ने उनले बताए । उपकरणको सही तरीकाले उपयोग बिधिहरु सिकाउने प्रशिक्षकहरु ब्यवस्थागर्न जरुरी रहेको उनले बताए ।

शरीर मोटाउदै जाने र विभिन्न रोगका संक्रमण बढ्दै जाने संख्या शहरी क्षेत्रमा बढी पाउँछौ । शारीरिक तन्दुरुस्ती र निरोगीपनका लागि व्यायाम गर्ने नागरिक बढेपछि सर्वसाधारणलाई लक्षित गरी बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिकामा खुला ब्यायमशाला संचालन थालिएको हो । व्यायमशालामा बालकदेखि वृद्धासम्मको आकर्षण छ । सर्वसाधारण लक्षित सबैको पहुंच हुनेगरी यसरी खुला स्थानमा व्यायामशालाले मोटोपन कमगर्ने र शारीरिक तन्दुरुस्ती बढाउने जस्ता फाईदा मिलेको छ । बुटवल उपमहानगरले ३ वर्ष अघिदेखि वडा नं १, ५, ६ ,७, १०, १२, १९ गरि ७ स्थानमा खुला ब्यायमशाला संचालन गरेको छ । खुला ब्यायमशालामा ११ थरी उपकरण छन् । खुला जिमशालालाई ब्यवस्थितगर्दै राम्रो प्रशिक्षकको भने खाँचो देखिन्छ ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ५ : ५४ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर

बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल