१५ चैत्र २०७९, बुधबार | March 29, 2023

विशेष क्रिकेट क्याम्प सम्पन्न



बुटवल । देविनगरस्थित बेष्टर्न क्रिकेट एकेडेमीमा संचालन भएको एक हप्ते विशेष क्रिकेट क्याम्प सम्पन्न भएको छ । भारत मेघालय यु–१९ को प्रमुख कोच आईसिसि लेभल २ कोच एस पि यादवले खेलाडीहरुलाई एक हप्तासम्म क्याम्पमा प्रशिक्षण दिएका छन ।

समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवि अर्यालले सम्बोधन गर्दै खेल पुर्वाधार र खेलाडीको विकासमा नगरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।

क्याम्पका प्रशिक्षक आईसिसि लेभल २ कोच एस पि यादवले नेपाली युवा क्रिकेटरहरुमा धेरै सम्भावना देखेको बताए । हरेक खेल सिक्न खेलाडीमा लगन र निरन्तरता जरुरी रहने भन्दै उनले नेपाली खेलाडीमा क्रिकेट सिक्ने चाहना भेटेको बताए ।

कार्यक्रममा वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल क्रिकेट संघका सचिव प्रशान्तबिक्रम मल्ल, रुपन्देही जिल्ला क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप मल्ल, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठले खेल विकासमा सबैको क्षेत्रबाट हातेमालो जरुरी रहेको बताए ।

एकेडेमीका अध्यक्ष भुवन पाण्डेले क्रिकेट खेलप्रति रुचि भएका खेलाडीहरुलाई लक्षित गरि
नियमित वार्षिक कार्यक्रम अनुसार प्रशिक्षण कार्यक्रम गरेको बताए । कोभिड संक्रमणका कारण दुई वर्ष स्थानियस्तरमा नै प्रशिक्षण गरिदै आएको भएपनि अन्तराष्ट्रिय कोचबाट गरिने क्याम्पबाट खेलाडी पहिचान गरि अगाडी बढ्न मद्यत मिल्ने उनले बताए । एकेडेमीमा ४५ जना खेलाडीहरु प्रशिक्षण लिएका थिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : १७ बजे

सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नेम प्लेट राख्न प्रतिबन्ध

काठमाडों । अवदेखि सरकारी अस्पतालमा दरबन्दीमा रहेका चिकित्सकहरुले निजी क्लिनिकमा

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन हुँदै, तातोपानी/झाङ्मु नाका बैशाखबाट खुल्ने

काठमाडौं । रसुवागढीरकेरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको