काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आज (आइतबार) देखि सुरु हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने भएको हो । च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको चार खेल हुँदे छ । उद्घाटन खेलमा पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । समूह सी मा…