बुटवल । रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा सम्पन्न गरिएको ईन्टर रोट्याक्ट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि रोट्याक्ट क्लब अफ रामापिथेकसले हात पारेको छ । रामनगरस्थित खेलमैदानमा शनिबार भएको फाईनल खेलमा आयोजक रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीलाई पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै रामापिथेकसले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका…