सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो । मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । जिल्ला सहसचिव अनुप न्यौपानेका अनुसार यसअघि…